site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
घरघरमा ‘देउसी’ खेलेर नयाँ सरकार बनाउने ‘धन्दा’मा कांग्रेस लाग्दैन : शर्मा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरू नयाँ सरकार बनाउने ‘धन्दा’मा नलाग्ने जिकिर गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कांग्रेस अब घरघरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा नलाग्ने उनले उल्लेख गरे । कांग्रेस अहिलेको सरकार भत्काउन धार्नी पुर्‍याउनेतर्फ नलाग्ने उनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले कांग्रेस अब जनताका मुद्दा लिएर खरो रूपमा उत्रने बताए । धोका खानेजति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुने भएकाले कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने उनले स्पष्ट पारे ।

“...कसको कसको घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दाको क्रममा कांग्रेस नलागोस् भन्ने कुरा भन्नुपर्छ । कसको घरमा देउसी खेल्न गएको, विभिन्न दलहरूसँग गएको कुरा आउँछ,” उनले भने, “धार्नी पुर्‍याउनेतर्फ लागौँ भन्ने पनि आउँछ । धोका खानेजति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुन्छ, त्यसका लागि अहिले हतार गर्न जरुरी छैन ।”

कांग्रेसबाट सरकारमा गएका केही मन्त्रीहरूको भूमिका चित्तबुझ्दो नभएको आफूहरूले नै भनेको उनले स्मरण गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ती मन्त्री फेर्नुको सटट हतार गरेर नयाँ गठबन्धन बनाएको आरोप उनले लगाए ।

महामन्त्री शर्माले चालु अधिवेशनमार्फत विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने बताए । –न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्