site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
भाषा र भोजपुरी भाषा, आमा, एउटा प्रश्न र घुम्दै फिर्दै 

भाषा र भोजपुरी भाषा
(भाषाशास्त्र:गोपाल अश्क र डा. विश्वम्भरकुमार शर्मा)
भोजपुरी भाषा साहित्यमा सक्रिय रहेका दुई साहित्यकार हुन् गोपाल अश्क र डा. विश्वम्भरकुमार शर्मा । यिनै साहित्यकारहरूले लेखेको संयुक्त कृति हो ‘भाषा र भोजपुरी भाषा’ । कृतिमा भोजपुरी भाषाका बारेमा विविध विषयवस्तु समेटिएको छ । 

यसभित्र लेखकद्वयले आफ्नो भनाइमा लेखेका छन्:‘...यो पुस्तक ‘भोजपुरी भाषाको उद्भव र विकास’, ‘भोजपुरी भाषाका भाषिक भेदहरू’, ‘यस भाषामाथि अर्को भाषाको प्रभाव’, ‘भोजपुरीको मौलिक स्वरूप’, ‘भोजपुरीका व्याकारिकरण कोटिहरू’, ‘नेपालमा भोजपुरी भाषा र साहित्य’ तथा ‘भोजपुरी वर्णविन्यासमा देखिएको समस्या र तिनको समाधान’को बारेमा जान्ने विद्यार्थी, पाठक तथा अध्ययन अनुसन्धानकर्ताहरूका लागि उपयोगी सिद्ध हुनेछ भन्ने हाम्रो विश्वास छ ।’

कृतिभित्र १२ भागमा भोजपुरी भाषाका अनेक आयामहरू प्रस्तुत छन् ।
 
ऐरावती प्रकाशन प्रा.लि.द्वारा प्रकाशित २१६+४ पृष्ठको यस पुस्तकको मूल्य ३००– रुपैयाँ राखिएको छ ।

Dabur Nepal
NIC Asia

०००

आमा
(कवितासंग्रह:मञ्जुल/शिव गौतम/तीर्थ श्रेष्ठ)
नेपाली कविताका क्षेत्रमा चर्चामा रहेका व्यक्तित्व हुन् मञ्जुल र तीर्थ श्रेष्ठ । त्यसैमा थपिएका छन् कवि शिव गौतम । उनी कविता सिर्जना गर्दै आइरहेका छन् । यी तीन कविहरूको संयुक्त कवितासंग्रह ‘आमा’ केही समयअघि प्रकाशनमा आएको छ । यी तीनै कविहरूले आमामाथि लेखेका आआफ्ना कविताहरूलाई यस संग्रहमा समावेश गरेका छन् ।

यस कविताकृतिमा साहित्यकार सुस्मिता नेपाल लेख्छिन्– आमा व्यक्ति मात्र नभई उनी विशाल मातृत्व पनि हुन् । ...यस संग्रहका तीनैजना कविले आफ्ना आमा र सम्पूर्ण आमाहरूप्रति एउटा सन्तानले गर्ने माया, आदरभाव हृदयका पानाहरूबाट नै पस्केका छन् ।

कृतिभित्र तीर्थ श्रेष्ठका १५, शिव गौतमका २० र मञ्जुलका २० आमा विषयक कविता समेटिएका छन् ।

शिव गौतमद्वारा प्रकाशित ८८+४ पृष्ठको यस कविताकृतिको मूल्य २५०– रुपैयाँ राखिएको छ ।

०००

एउटा प्रश्न 
(लघुकथासंग्रह:हेमलता उप्रेती)
लेखक हेमलता उप्रेतीको लघुकथाकृति हो ‘एउटा प्रश्न’ । लघुकथा लेखनमा सक्रिय हेमलताको यो दोस्रो कृति हो । यसअघि उनको एउटा लघुकथाकृति प्रकाशित छ । 

कृतिभित्र ‘स्मृतिमा हेमलता’मा विष्णुप्रसाद उप्रेती लेख्छन्– हेमलता मेरा लागि एक्लो सन्तान मात्र नभएर, प्रेरणाको स्रोत, आदर्श गुरु र कुशल मार्ग निर्देशकसम्म थिइन् । उनैको आग्रहले म आज साहित्यको क ख सिक्ने क्रममा छु ।

नारी श्रष्टा समाज, विराटनगरद्वारा प्रकाशित १३२+४ पृष्ठको यस लघुकथासंग्रहको मूल्य ३००– रुपैयाँ राखिएको छ ।

०००

घुम्दै फिर्दै 
(यात्रा काव्यसंग्रह:जनार्दन खनाल)
हेटौँडामा बसेर साहित्य सिर्जनामा सक्रिय रहेका सर्जक जनार्दन खनालको पछिल्लो कृति हो ‘घुम्दै फिर्दै’ । जसलाई उनले यात्राकाव्य कृति भनेका छन् ।

फुटकर रूपमा कविता लेख्दै आएका खनालको यो पहिलो काव्य कृति हो । कृतिभित्र सबैमा आभार शीर्षकको काव्यमा कवि खनाल लेख्छन् :– 
सिर्जना गर्न हौसला दिने समस्तजनको
लेखिनु पर्थ्यो समस्त नाम कमजोरी मेरै हो
सबैमा मेरो हार्दिक साथ सदैब आदर
सम्पूर्णप्रति नमन साथै गर्दछु आभार ।

कवि खनालले गोसाइँकुण्ड यात्रालाई २५३ टुक्राका काव्यभावनामा उनेका छन् । शैक्षिक क्षेत्रमा लामो समय बिताएका कवि जनार्दन खनालको काव्यकृतिप्रति प्रकाशकीयमा लेखिएको छ– 
...जीवनभरि चेतना बाँडे धन्य भो समाज
जोडेर हात नमन गरौँ सबैले लौ आज । 
झरनासँगै हेलिए सधैँ बन्ने छन् सरिता
राख्ने छन् कीर्ति लेखेर यस्तै छन्दका कविता ।...

झरना साहित्यिक परिवार, मकवानपुरद्वारा प्रकाशित १८४+४ पृष्ठको यस काव्यकृतिको मूल्य २००– रुपैयाँ राखिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro