अर्थ व्यवसाय
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को सात महिनामा ६० करोड रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ ।
भन्सार विभागका अनुसार सात महिनामा ६० करोड ६१ लाख ८५ हजार रुपैयाँको एक हजार २४६ किलोग्राम यार्सागुम्बा निर्यात भएको हो ।
गत आर्थिक वर्ष ४४ करोड ३१ लाख ९१ लाख रुपैयाँको मात्रै यार्चागुम्बा निर्यात भएको थियो । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा ६८३ किलोग्राम यार्सागुम्बा मात्र निर्यात भएको हो ।
परिमाणका आधारमा गत आर्थिक वर्षभरिको तुलनामा चालु आर्थिक वर्षको सात महिनामै करिब दोब्बर बढी यार्सागुम्बा निर्यात भएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८० १६:५३
प्रतिक्रिया दिनुहोस्