site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सामसङका फोन किस्ताबन्दीमा किन्न अब नागरिकता देखाए हुने

काठमाडौं । सामसङले गत वर्षदेखि नेपालमा शून्य प्रतिशत ब्याजदरको किस्ताबन्दी अर्थात् इन्स्टा फाइनान्स सेवा सुरु गरेको थियो ।

सामसङ नेपालले अब इन्स्टा फाइनान्सलाई झनै झन्झटमुक्त बनाएको बताएको छ । अब किस्ताबन्दीमा फोन किन्न आफ्नो र आफ्नो ग्यारेन्टरको नागरिकता ल्याए पुग्ने कम्पनीले बताएको हो ।

पहिले पनि इन्स्टा फाइनान्सको प्रक्रिया झन्झटरहित नै रहेको तर अन्य कागजात पनि आवश्यक पर्ने गरेको सामसङले बताएको छ ।अब भने ग्राहकले आफ्नो र आफ्नो ग्यारेन्टरको पासपोर्ट साइजको दुई–दुईप्रति फोटो र नागरिकता लगेमा पुग्ने भएको हो ।

नागरिकता जारी गरेको जिल्लामा रहेको कुनै पनि आधिकारिक सामसङ फाइनान्स स्टोरबाट २० हजार रुपैयाँ वा सोभन्दा बढी मूल्य पर्ने ग्यालेक्सी स्मार्टफोन शून्य प्रतिशत ब्याजमा प्राप्त गर्नसकिने कम्पनीले जनाएको छ ।

यसबाहेक ग्राहकले २०८१ को वैशाख १८ सम्म पुरानो डिभाइस एक्स्चेन्ज गरी एन्हान्स्ड ट्रेड–इन बेनिफिटसद्वारा नयाँ ग्यालेक्सी एस२४ सिरिजको फोन लिनसक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro