site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ यू–१६ महिला च्याम्पियनसिप : नेपालको पोस्टमा भारतको १० गोल 

काठमाडौं । लिग चरणको आफ्नो अन्तिम खेलमा भारतसँग १०–० को हार बेहोर्दै नेपालले साफ यू–१६ महिला च्याम्पियनसिपको यात्रा टुंग्याएको छ । 

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा भारतलाई जित दिलाउन पर्ल फर्नान्डेज र गुरलिन गौरले दुई–दुई गोल गरे । यस्तै, अनिता ढुङ्डुङ, अनुस्का कुमारी, बोनिफिला सुल्लाई, गुरनाज कौर र रेहाना लिज जाकोबले समान एक गोल थपे । भारतले एक गोल भने नेपालबाट आत्मघाती उपहार पाएको थियो । 

Dabur Nepal
NIC Asia

तेस्रो मिनेटमा अनिता ढुङ्डुङले गोल गर्दै भारतलाई अग्रतामा राखेकी थिइन् । पर्ल फर्नान्डेजले १३औँ मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर बनाइन् । २२औँ मिनेटमा अनुस्का कुमारी भारतका लागि तेस्रो गोल थपिन् । २५औँ मिनेटमा बोनिफिला सुल्लाईको गोलमा भारतले अग्रता ४–० मा पुर्‍यायो । ३३औँ मिनेटमा गुरलिन कौरले गोल गर्दै भारतको अग्रतालाई ५–० मा पुर्‍याइन् । 

यस्तै, ४४औँ मिनेटमा पर्ल फर्नान्डेज दोस्रो गोल गरेपछि भारतले पहिलो हाफमै ६–० को अग्रता बनाएकी हुन् । दोस्रो हाफमा भारतले चार गोल थप्यो । दोस्रो हाफको सुरुआतमै नेपालकी मिनमाया श्रेष्ठबाट आत्मघाति गोल उपहार पाएपछि भारतले अग्रतालाई ७–० मा पुर्‍यायोे । ५८औँ मिनेटमा गुरनाज कौरले गोल गर्दै भारतलाई ८–० को अग्रतामा राखिन् ।

७७औँ मिनेटमा गुरलिन कौरले दोस्रो गोल गरेपछि भारतले अग्रतालाई ९–० मा पूर्याएको थियो । त्यसको अर्को मिनेटमा नै रेहाना लिज जाकोबले गोल गर्दै भारतको अग्रतालाई १०–० मा पुर्‍याइन् । जितसँगै भारतले प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ । भारतले पहिलो खेलमा भुटानलाई ७–० ले हराएको थियो । दोस्रो खेलमा भारतले बंगलादेशसँग ३–१ को हार व्यहोरेको थियो । भारतले अब उपाधिका लागि बंगलादेशसँग खेल्नेछ ।

लिग चरणको अन्तिम खेल अगावै फाइनलमा स्थान बनाएको बंगलादेशले शुक्रबार भुटानसँग खेल्दैछ । हारसँगै प्रतियोगिता टुंग्याएको नेपालले यसअघिका दुई खेलमध्ये एकमा हार र एकमा जित निकालेको थियो । नेपालले पहिलो खेलमा बंगलादेशसँग २–० को हार व्यहोरेको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई ३–० ले हराएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro