site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ यू–१६ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाल ६–० ले पछि

काठमाडौं । साफ यू–१६ महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा भारतविरुद्ध नेपालले पहिलो हाफमा आधा दर्जन गोल बेहोरेको छ । 

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी खेलमा नेपाल पहिलो हाफमै ६–० ले पछि परेको हो । पहिलो हाफमा पउल फर्नान्डेजले दुई गोल गरिन् । यस्तै, अनिता ढुङ्डुङ, अनुस्का कुमारी, बोनिफिला सुल्लाई र गुरलिन गौरले समान एक गोल थपे । तेस्रो मिनेटमा अनिता ढुङ्डुङले गोल गर्दै भारतलाई अग्रतामा राखेकी थिइन् । 

Dabur Nepal
NIC Asia

पाउलले १३औँ मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर बनाइन् । २२औँ मिनेटमा अनुस्का कुमारी भारतका लागि तेस्रो गोल थपिन् । २५औँ मिनेटमा बोनिफिला सुल्लाईको गोलमा भारतले अग्रता ४–० मा पुर्‍यायो । ३३औँ मिनेटमा गुरलिन कौरले गोल गर्दै भारतको अग्रतालाई ५–० मा पुर्‍याइन् । 

यस्तै, ४४औँ मिनेटमा पउल फर्नान्डेज दोस्रो गोल गरेपछि भारतले पहिलो हाफमै ६–० को अग्रता बनाएकी हुन् । फाइनल प्रवेशका लागि नेपाललाई आज जित्नैपर्ने दबाब छ । नेपालले यसअघिका दुई खेलमध्ये एकमा हार र एकमा जित निकालेको थियो । आजको खेलमा जित निकाले नेपालले उपाधिका लागि बंगलादेशको भीडन्त निश्चित गर्नेछ । 

नेपालले पहिलो खेलमा बंगलादेशसँग २–० को हार व्यहोरेको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई ३–० ले हराएको थियो । भारत पनि आज नेपाललाई हराउँदै फाइनलमा पुग्ने दाउमा छ । भारतले पहिलो खेलमा भुटानलाई ७–० ले हराएको थियो । दोस्रो खेलमा भारतले बंगलादेशसँग ३–१ को हार व्यहोरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro