site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लेखकप्रति पौडेलको कटाक्ष– ३८ मिनेट पीडा पोखेर जानुभयो

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एमाले)का उपाध्यक्ष समेत रहेका सांसद विष्णु पौडेलले नेपाली कांग्रेसप्रति कटाक्ष गरेका छन् । सत्ताबाट हटेपछि कांग्रेस गहिरो पीडामा डुबेको र चोट लागेको उनको टिप्पणी छ ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले कांग्रेस सांसद रमेश लेखकले भन्दा पछि बोलेका थिए । उनले ‘कति गहिरो पीडा र घाउ लागेको रहेछ भन्ने अभिव्यक्ति लेखकबाट आएको’ बताए ।

Dabur Nepal
NIC Asia

“घाउमा मलमपट्टी गर्नका लागि राम्रा डाक्टर साथमा लिएर सहकार्य गर्न प्रमलाई आग्रह गर्दछु र त्यो अभियानमा हाम्रो साथ चाहिए एमाले याद गर्नुहोला,” उनले भने, “उहाँ (रमेश लेखक)ले यो तहको पीडा र छटपटी यो तहको आक्रोश र बेचैनी प्रहार गर्नुपर्ने थिएन ।”

नेपालको संविधानले दलहरूबीच गठबन्धनलाई स्वाभाविक मानेको उनले उल्लेख गरे । कुनै दलहरूका बीचमा सरकार निर्माण र सञ्चालनको कार्य सामान्य भएको उनले बताए ।

“कि त गठबन्धन बनाउन पाइन्छ केवल नेपाली कांग्रेससँग मात्र गठबन्धन गर्नुपर्छ भन्ने लेख्नुपर्दथ्यो । यो परिवर्तनलाई एउटा ओठे अभिव्यक्ति हैन, साधारण र स्वाभाविक संसदीय अभ्यासको रूपमा लिनुपर्छ । त्यही रूपमा ग्रहण गर्नुपर्छ,” उनले भने ।

पौडेलले ‘एउटा नेतामा यति पीडा छ भने सिंगो कांग्रेसीमा कति होला ?’ भन्दै कटाक्ष गरे । “३८ मिनेटमा त्यो तहको पीडा भयो होला, एउटा नेताको मनमा यति पीडा छ भने कांग्रेसको मनमा कति पीडा होला ?,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro