काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिलेको जटिल परिस्थितिमा प्रधानमन्त्रीले अनुभवीलाई मन्त्रिपरिषद्मा सामेल गरेको बताएका छन् ।
बिहीबार संघीय संसद् भवनमा ‘पुराना मन्त्री दोहोरिँदा तपाईं पर्नु भएन नि ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अहिले मुलुकमा जटिल अवस्था रहेको र संकटमोचनका निम्ति अनुभवी मन्त्री आवश्यक परेकाले आफू नयाँ टिममा पर्न नसकेको बताएका हुन् ।
उनले राजनीतिमा चित्त बुझाउनुपर्ने बताए । चित्त नबुझाउनेले राजनीति गर्न नसक्ने उनको भनाइ छ । किरातीले आफू मन्त्रालयमा रहँदा धेरै काम गरेको जिकिर गरे ।
प्रधानमन्त्रीले सहज रूपमा सदनबाट विश्वासको मत पाउने उनले बताए । आफूले देशको सेवामा ध्यान केन्द्रित गर्ने उनले उल्लेख गरे । हिमालयन टेली भ्वाइस