site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शबनीम स्माइल बनिन् महिला क्रिकेटमा सबैभन्दा तेज बलिङ गर्ने क्रिकेटर 

काठमाडौं । दक्षिण अफ्रिकाकी क्रिकेटर शबनीम स्माइल महिला क्रिकेटको इतिहासमा सबैभन्दा तेज बलिङ गर्ने बलर बनेकी छन् । 

भारतीय महिला प्रिमियर लिग (डब्लूपीएल)मा मुम्बई इन्डियन्सबाट खेल्ने स्माइलले मंगलबार दिल्ली क्यापिटल्सविरुद्ध महिला क्रिकेटको इतिहासमै सबैभन्दा तीव्र गतिमा बलिङ गरेकी हुन् । ३५ वर्षीया स्माइलले दिल्लीविरुद्ध १३२.१ किलोमिटर प्रतिघण्टाको रफ्तारमा बलिङ गरेकी थिइन् । यसअघि कुनै पनि महिला बलरले १३० किलोमिटर प्रतिघण्टाको रफ्तार छुन सकेका थिएनन् । 

स्माइलले खेलको तेस्रो ओभरको दोस्रो बलमा कीर्तिमानी बलिङ गरेकी हुन् । स्माइलको यो कीर्तिमानी बलको सामना दिल्लीकी कप्तान मेग लेनिंगले गरेकी हुन् । 

यसअघि यो कीर्तिमान अस्ट्रेलियन स्टार एलिस पेरीको नाममा थियो । पेरीले यसअघि १३० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्दै यो कीर्तिमान बनाएका थिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro