site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ यू–१६ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश फाइनलमा 

काठमाडौं । उपाधि दाबेदार भारतविरुद्ध ३–१ को सहज जित निकाल्दै बंगलादेश लिग चरणको अन्तिम खेलअगावै साफ यू–१६ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन अल्पी अख्तर, सौरवी अखण्डा प्रीति र अप्रिता विश्वासले गोल गरे । भारतका लागि अनुष्का कुमारीले एक गोल फर्काइन् । 

Dabur Nepal
NIC Asia

खेलको नवौँ मिनेटमा अल्पीको गोलमा बंगलादेशले अग्रता बनाएको थियो । तर, ५५औँ मिनेटमा अनुष्काको गोलमा भारत खेलमा फर्कियो । ७८औँ मिनेटमा सौरवीले गोल गरेपछि बंगलादेशले पुनः २–१ को अग्रता बनायो । यस्तै, खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा कप्तान अप्रिताले गोल गरेपछि बंगलादेशले ३–१ को जित सुनिश्चित गरेको हो ।

बंगलादेशले अब उपाधिका लागि नेपाल र भारतबीचको विजेतासँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिन पद्धतिमा सञ्चालित प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  २०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro