site stats
बाह्रखरी :: Baahrakhari
देश
चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईंसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले १० लाख २९ हजार ३२५ रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर, असिस्टेन्ट सबइन्जिनियर अजबहादुर बुढा, उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढा, सचिव हंशबहादुर ऐडी र चंखेली–३ का तत्कालीन वडाध्यक्ष शालिग्राम ऐडी छन् । उनीहरू सबैसँग १० लाख २९ हजार ३२५ रुपैयाँ बिगो दाबी गरिएको छ ।

Argakhachi Cement Island Ad

चंखेली–३ स्थित मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा अनियमितता भएको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । आर्थिक वर्ष २०७४/७५ मा चंखेली–३ स्थित मेलादेखि बासलधारासम्म काम नभएको योजनाको काम भएको भनी गलत प्राविधिक मूल्यांकनसहित नापी किताब तयार गरेको पाइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

झुटो बिल भरर्पाइ तथा नक्कली कागजातलाई आधार मानी १० लाख २९ हजार ३२५ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको अनुसन्धानका क्रममा पाइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्