site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भवन निर्माण कार्यालयका तत्कालीन आयोजना प्रमुखसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख सचिन्द्रकुमार देवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले गैरकानुनी लाभहानि पुर्‍याई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा तत्कालीन इन्जिनियर मदन राय, सबइन्जिनियर सरोजकुमार यादव र गुन्जा कन्स्ट्रक्सनका प्रोपराइटर गोविन्दप्रसाद मण्डल छन् । उनीहरू सबैसँग तीन लाख ४७ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

Dabur Nepal
NIC Asia

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४, मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग ३०० मिटर दूरीमा कालोपत्र बाटो निर्माण गरिएको थियो । उक्त बाटो बिनाटेन्डर भएको, होडिङ बोर्ड नलगाएको र निर्माण कार्य राम्रो नभएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

तत्कालीन आयोजना प्रमुख देव, इन्जिनियर राय, सबइन्जिनियर यादवले उक्त कार्यमा बढी भुक्तानी दिएको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

गुन्जा कन्स्ट्रक्सनका प्रोपराइटर मण्डलले सर्त एवं सम्झौताबमोजिमको कार्य नगरेको र गरेको भन्दा बढी मूल्यांकन गराई भुक्तानी लिएको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro