site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालले १९औँ ओभरमा पनि गुमायो दुई विकेट 

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले १९औँ ओभरमा पनि दुई विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिमा उत्रिएको नेपालले १८.१ ओभरमा गुल्सन झा र दोस्रो बलमा आरिफ शेखलाई गुमाएको हो ।

नेपाली टिमको खातामा गुल्सनले ३४ रन थप्दा आरिफ शून्यमा आउट भए । नेपालले १८औँ ओभरमा पनि दुई विकेट गुमाएको थियो ।

जारी खेलको १९ ओभर सकिँदा नेपालले आठ विकेट गुमाएर १७४ रन बनाएको छ । 

ट्वान्टी–२० विश्वकपको तयारीस्वरूप आयोजित शृंखलामा नेपाल र नेदरल्यान्ड्ससँगै नामिबियाको सहभागिता थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्