site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ यू–१६ महिला च्याम्पियनसिप भुटानविरुद्ध नेपालको सहज जित 

काठमाडौं । साफ यू–१६ महिला च्याम्पियनसिपमा भुटानमाथि नेपालले ३–० को सहज जित निकालेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन पूजा गिरी, कप्तान भूमिका बुढाथोकी र ग्यान्छु डोल्मा लोले समान एक गोल गरे । 

खेलको १४औँ मिनेटमा पूजाले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसको चार मिनेटपछि नै कप्तान भूमिकाले नेपालको अग्रता दोब्बर बनाइन् । यस्तै, ३०औँ मिनेटमा ग्यान्छुले गोल गर्दा नेपालले अग्रतालाई ३–० मा पुर्‍याएको थियो । पहिलो हाफमै ३–० को सहज अग्रता बनाएको नेपालले दोस्रो हाफमा भने गोल थप्न सकेन । 

Dabur Nepal
NIC Asia

खेलको ३८औँ मिनेटमा भुटानले गोलको सुनौलो अवसर गुमायो । भुटानले पेनाल्टी पाए पनि छिरिङ ल्होमोको प्रहार नेपालकी गोलकिपर झरना दुम्राकोटीले विफल बनाइन् । 

प्रतियोगितामा नेपालको यो पहिलो जित हो । नेपालले यसअघि पहिलो खेलमा भने बंगलादेशसँग २–० को हार बेहोरेको थियो । यता, लगातार दोस्रो हार बेहोरेको भुटान भने लिग चरणको अन्तिम खेलअगावै फाइनल पुग्ने समीकरणबाट बाहिरिएको छ ।

भुटानले यसअघि पहिलो खेलमा भारतसँग ७–० को हार बेहोरेको थियो । लिग चरणको अन्तिम खेलमा अब नेपालले भारतसँग र भुटानले बंगलादेशसँग खेल्नेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro