राजनीति

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको हैसियतमा यूएई भ्रमणमा गएका बेला शरतसिंह भण्डारी पदमुक्त भएका छन् ।
भण्डारी श्रममन्त्रीको हैसियतमा आइतबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा छन् ।
तर, उनी भ्रमणबाट नफर्कंदै निवर्तमान मन्त्री बनेका हुन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (एमाले)सहितका दलसँग नयाँ गठबन्धन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० १८:५२
प्रतिक्रिया दिनुहोस्