site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नयाँ सत्तासमीकरणले लगानीकर्ता उत्साहित, ११७ अंकले बढ्यो नेप्से
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ सरकार गठनको गृहकार्यसँगै लगानीकर्ता उत्साहित देखिएका छन् । नयाँ सत्तासमीकरणको चर्चासँगै सेयर बजारमा छलाङ देखिएको हो । सोमबार कारोबार भएको एक घण्टामै सेयर बजार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेर तेस्रोपटक ‘सर्किट ब्रेक’ लाग्यो ।

साताको दोस्रो कारोबार दिन नेप्से एक घण्टा चार मिनेटको बीचमा पाँच मिनेट मात्र कारोबार भएर बन्द भयो । कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा ४, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा ५ र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार तेस्रोपटक सर्किट ब्रेक लागेर आजलाई कारोबार बन्द भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस दिन नेप्से ११७.७० अर्थात् ६ प्रतिशतले बढेर २०७८.०० को विन्दुमा पुग्यो । बिहान ११ बजे कारोबार सुरु भएको थियो । बिहान ११ः०३ मा ४.४ प्रतिशतले बढेर २० मिनेट कारोबार रोकिएको थियो । बिहान ११ः२३ मा पुनः कारोबार सुरु भयो । बिहान ११ः२४ मा ५.०३ प्रतिशतले बढेर दोस्रोपटक ‘सर्किट ब्रेक’ लागेर ४० मिनेटका निम्ति कारोबार रोकिएको थियो ।

त्यसपछि मध्याह्न १२ः०४ मा कारोबार सुरु भएको थियो । ६ प्रशितले बढेर पुनः कारोबार बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement