site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमपातका कारण उपल्लो मुस्ताङमा यातायात ठप्प
SkywellSkywell

म्याग्दी । आज बिहानदेखि परेको हिमपातका कारण मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ । बेनी–जोमसोम–कोरला सडकको समरदेखि माथिल्लो क्षेत्रका सडकमा हिउँ जमेपछि यातायात सेवा अवरुद्ध बनेको नेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) का प्रमुख भीमबहादुर क्षेत्रीले जानकारी दिए ।

हिमपातपछि स्थानीय र पर्यटकको आवतजावत रोकिएको छ । चिसो बढेको छ । सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । घरभित्रै आगो तापेर बसेका छन् । खोला, धारामा पानी जमेको छ । डाँडापाखा सेताम्मे हिउँले छोपिएको छ । सडक, भवन, पुल, खानेपानी, सिँचाइलगायत विकास आयोजना निर्माण रोकिएको छ । 

KFC Island Ad
NIC Asia

बिहानदेखि उपल्लो मुुस्ताङमा अवरुद्ध बनेको विद्युुत् र सञ्चार सेवा अपराह्नदेखि सञ्चालन भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताए । चौँरी, च्याङ्गा, गाईलगायत घरपालुवा पशुलाई गोठमै राखिएको छ । 

हिन्दु तथा वौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा पनि हिउँ जमेको छ । जोमसोम–कागबेनी–मुक्तिनाथ सडकमा यातायात सेवा सडकमा हिउँ जमेका कारण प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय मुुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए ।

Royal Enfield Island Ad

हिमपात र वर्षाले हिउँदे तथा हिमाली फलफूल खेतीलाई फाइदा गरेको छ । हिउँले जमिनमा राखेको मल भिजाउन, सिँचाइका साथै स्याउ, ओखरको परागशेचन प्रक्रियाका लागि चिसो वातावरण बनाउन सहयोग गर्ने कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताए ।

“स्याउको परागशेचनका लागि एक हजार पाँचसय घण्टा सात डिग्रीभन्दा कम तापक्रम आवश्यक पर्छ,” उनले भने, “हिउँले सुक्खा भएको जमिनलाई भिजाउने र खेतबारीमा राखेको मलको पौष्टिक तत्व बिरुवाले उपभोग गर्न सहज हुन्छ ।” रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro