site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा कवाडी व्यवसायीको विरोध प्रदर्शन, आन्दोलन सशक्त बनाउने चेतावनी
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं उपत्यकाका कवाडी व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरूले कवाडी हटाउने आदेश भन्दै सातदेखि ३५ दिनको म्याद तोकेर पत्र पठाएसँगै व्यवसायीले प्रदर्शन गरेका हुन् ।

आइतबार उनीहरूले बुद्धनगरमा प्रदर्शन गरे । उनीहरूले न्युन आर्थिक अवस्थाका लाखौँ नागरिकको रोजीरोटी खोसिने भन्दै सो निर्णय फिर्ता लिन आग्रह गरे ।

सरकारले सरसफाइका निम्ति लगानी गर्नुको साटो आफूहरूले राज्यलाई तिरो तिरेर व्यवसाय चलाइरहँदा समेत विस्थापित बनाउन खोजिएको उनीहरूले आरोप लगाए ।

आइतबार उनीहरूको जुलुस शंखमूलदेखि त्रिपुरेश्वर, सुन्धारा हुँदै प्रदर्शनीमार्गमा पुगेर विरोधसभामा परिणत भएको थियो । उचित व्यवस्थापनबिना महानगरले कवाडी हटाउने निर्णय गरेको व्यवसायीको भनाइ छ । उक्त निर्णय फिर्ता नलिएसम्म आन्दोलन नरोक्ने उनीहरूको चेतावनी छ ।

काठमाडौं महानगरपालिकाले राज्यको कानुनविपरीत दमनकारी कार्यक्रम ल्याएकाले आन्दोलन गर्नुपरेको नेपाल राष्ट्रिय कवाडी व्यापारी व्यवसायी संघका अध्यक्ष सरोज श्रेष्ठले बताए । यथाशीघ्र संवाद गरी व्यवसाय व्यवस्थित नगरे आन्दोलन झनै सशक्त रूपमा अघि बढाउने उनले चेतावनी दिए ।

प्रदर्शनमा सहभागी सञ्जय साहले महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले कवाडी व्यवसायीलाई तल्लो वर्गको सोचेर भेट्न नदिएको आरोप लगाए । लाखौँ युवाको रोजगारी खोस्ने अधिकार मेयरसँग नरहेको उनको भनाइ छ ।

प्रदर्शनमा सहभागीले ‘अदालतको निर्णयको सम्मान गरौँ’, ‘अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गरौँ’, ‘कवाडमाथि डोजर चलाउने कार्य बन्द गर’, ‘कानुनी शासन लागु गर’, ‘कवाडी एकता जिन्दवाद’ लगायत नारा लगाएका थिए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro