site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विद्यालय शिक्षा विधेयकमाथि १,७०० बढी संशोधन प्रस्ताव 

काठमाडौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोेधन र एकीकरण गर्न बनेको विधेयकमाथि एक हजार ७५८ संशोेधन प्रस्ताव दर्ता गरिएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका क्रममा रहेको विधेयकमाथि सो संख्यामा संशोेधन प्रस्ताव दर्ता भएको समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए ।

विधेयकमा १६३ दफा छन् । तीमाथि १५२ सरोकारवालाका संशोधन प्रस्ताव दर्ता गरिएको हो । प्रस्तावमाथि हरेक बैठकमा १० संशोधनकर्तासँग समितिले छलफल गरिरहेको छ ।

आइतबारको बैठकमा १० संशोधनकर्तालाई छलफलका निम्ति बोलाइए पनि एकजना मात्र उपस्थित भए । संशोधनकर्ता सांसद अम्बरबहादुर थापाले विधेयकमा घरपायक सरुवाको व्यवस्था गर्न नहुने बताए । विद्यालयमा राजनीतिक संघ–संगठनको व्यवस्था पनि राखिनु नहुनेमा उनले जोड दिए ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro