site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साथीकी श्रीमतीमाथि अभद्र व्यवहार गर्दा हत्या, घटनापछि पैसाको ‘बार्गेनिङ’
Tiktok banner adTiktok banner ad

काठमाडौं । भक्तपुरको सूर्यविनायकमा बस्दै आएका तेह्रथुमको छथर गाउँपालिका–२ का ३३ वर्षीय गोपाल ढकालको हत्या आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको १० दिनपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का २९ वर्षीय सन्तोष सुवाललाई नियन्त्रणमा लिएको हो ।

हत्यालगत्तै फरार रहेका सुवाललाई काभ्रेको मण्डनदेउपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ढकाल र सुवाल साथी थिए । यही फागुन १० गते ढकाल सुवालसँगै सूर्यविनायक–८ स्थित रोधन बस्नेतको फार्ममा पुगेका थिए ।

त्यहाँ सुवालकी श्रीमती समेत थिइन् । ढकाल र सुवाल दुवैले मदिरा सेवन गरेका थिए । मदिराको नसामा ढकालले सुवालकी श्रीमतीमाथि हातपात गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । त्यही झोकमा सुवालले ढकालमाथि इँटा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि ढकालकी श्रीमतीसँग पैसाको ‘बार्गेनिङ’
सुवालले गोपालको हत्या गरेको एक दिनपछि उनकी श्रीमती रेनु ढकाललाई फोन गरेर दुई लाख रुपैयाँको ‘बार्गेनिङ’ गरेका प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

प्रहरीका अनुसार, सुवालले रेनुलाई गोपालकै मोबाइलबाट फोन गरेर भनेका थिए– श्रीमान् चाहिए दुई लाख रुपैयाँ ल्याएर सूर्यविनायकको जंगललमा आउनू ।

सो फोनपछि रेनु प्रहरी कार्यालय पुगेकी थिइन् । प्रहरीले अनुसन्धान गर्दै जाँदा हत्याको एक दिनपछि गोपालको शव फेला परेको थियो ।

सुवाल मृतक गोपाल र आफ्नो मोबाइल बोकेर फरार भएका थिए । मोबाइलको टावरका आधारमा सुवाललाई पक्राउ गर्न सफल भएको प्रहरीले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro