site stats
बाह्रखरी :: Baahrakhari
देश
जडीबुटी–पेप्सिकोला सडक सीमाभित्र पर्ने अनधिकृत संरचना हटाउन अल्टिमेटम

काठमाडौं । काठमाडौंको जडीबुटी चोकदेखि पेप्सिकोला चोकसम्मका सडक सीमाभित्र पर्ने संरचना हटाउन ३५ दिने अल्टिमेटम जारी भएको छ । भौतिक पूर्वधार तथा यातायात मन्त्रालय र काठमाडौं महानगरपालिकाले सोमबार एक संयुक्त सूचनामार्फत सडक सीमाभित्र पर्ने संरचना आफैँ हटाउन अल्टिमेटम जारी गरेका हुन् ।  

यसअघि, सडकको केन्द्र रेखाबाट दायाँबायाँ दुवैतर्फ १५/१५ मिटर सडकको सीमा कायम गरेर मन्त्रालय र महानगरले सडक सीमाको सीमांकन गरी चिनो लगाएर किला गाडेका थिए ।

Argakhachi Cement Island Ad

“सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को अवज्ञा गरी उक्त स्थानमा सडकको सीमा क्षेत्रभित्र नक्सा पासबिना निर्माण गरिएका अनधिकृत संरचना सूचना प्रकाशित भएको मितिले ३५ (पैँतिस) दिनभित्र सम्बन्धित व्यक्तिबाटै हटाउन/भत्काउन मुनासिव माफिकको म्याद तोकी यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा भनिएको छ ।

तोकिएको समयभित्र अनधिकृत संरचना नहटाए कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १३:५७
प्रतिक्रिया दिनुहोस्