site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्ड–ओली सहमति संसदीय समितिमा पुगेन
फाइल तस्बिर ।

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित गर्न आइतबार बिहान ११ बजेका निम्ति डाकिएको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक अझै सुरु भएको छैन । विधेयकमा पूर्ण सहमति नजुटेको भन्दै सहमतिको प्रयास जारी राख्दा बैठक सुरु हुन नसकेको समितिका सदस्यहरूले बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै बिहान प्रमुख प्रतिपक्ष दल (नेकपा (एमाले)का नेता केपी शर्मा ओलीसँग भेट गरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन सहमति मागेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार, पीडितमैत्री बनाउने विषयमा सरकार तयार रहेको भन्दै विधेयक अघि बढाउन उनले सहमति मागेका थिए ।

सचिवालयका अनुसार, एमाले अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउने सहमति दिएका छन् । “संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउने विषयमा प्रधानमन्त्रीज्यू र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच सहमति भएको छ,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बाह्रखरीसँग भने, “एमालेले उठाएका पीडितमैत्री व्यवस्था राख्ने गरी भाषा सच्याएर अघि जाने गरी कुरा मिलेको हो ।”

आचार्यका अनुसार, विधेयकमा केही लचक भएर जाने गरी प्रतिपक्ष दलका नेतासँग सहमति जुटेको जानकारी प्रधानमन्त्रीले सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि गराएका छन् ।

“संक्रमणकालीन न्यायासम्बन्धी विधेयक अघि बढाउन केही लचक हुने गरी सहमति भएको कुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि प्रधानमन्त्रीले जानकारी गराउनुभएको छ,” आचार्यले भने ।

आचार्यले प्रमुख प्रतिपक्ष दलका नेता ओलीसँग भएको भनेको सहमतिको जानकारी संसदीय समितिमा पुगेको छैन । त्यही कारण विधेयक पारित गर्ने गरी बिहान ११ बजे बोलाइएको समितिको बैठक अझै सुरु नभएको हो ।

समितिका सदस्य समेत रहेका एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, अझै सहमति भइसकेको छैन ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro