site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इटहरीमा आगलागी, महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

इनरुवा (सुनसरी) । सुनसरीको इटहरीमा आगलागीमा परी महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । स्थानीय विष्णु खड्काको घरमा गएराति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

कटुवाल छोरा–बुहारीसँग डेरामा बस्दै आएकी थिइन् । कटुवालले आफैँले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनी पहिलेदेखि नै डिप्रेसन (मानसिक चिन्ता)सम्बन्धी औषधि सेवन गर्दै आएकी थिइन् । 

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro