site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
केपी ओली कपको उपाधि मच्छिन्द्रलाई
तस्बिर : किरणराज विष्ट/रासस ।

काठमाडौं । दोस्रो संस्करणको केपी ओली फुटबल कपको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनलमा न्युरोड टिम (एनआराटी)लाई टाइब्रेकरमा पराजित गर्दै मच्छिन्द्रले लगातार दोस्रोपटक उपाधि चुमेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा पुगेपछि विजेताको टुंगो टाइब्रेकरबाट लगाइएको थियो । टाइब्रेकरमा मच्छिन्द्रले ५–४ ले नतिजा आफ्नो पक्षमा पार्‍यो । विवेक गुरुङको पेनाल्टी गोलपोस्टभन्दा परबाट बाहिरिएपछि एनआरटी उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।

Dabur Nepal
NIC Asia

मच्छिन्द्रका सनिश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन विनोङ, क्रिस्टोफर चिजोबा र देवेन्द्र तामाङले गोल गरे । एनआरटीका सरोज तामाङ, सञ्जीव विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले गोल गरेका थिए ।

उपाधि विजेता मच्छिन्द्रले ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो । उपविजेता एनआरटीले पाँच लाख रुपैयाँ प्राप्त गर्‍यो ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा १० टिम सहभागी थिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  २०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro