site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वाफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला टिम स्वदेश फिर्ता

काठमाडौं । पश्चिम एसियाली फुटबल फेडरेसन (वाफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टिम स्वदेश फर्किएको छ । 

बिहीबार भएको फाइनलमा जोर्डनसँग पराजित भएपछि उपविजेतामा चित्त बुझाएको नेपाली टिम शुक्रबार राति स्वदेश फर्किएको हो । नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालगायत अन्य पदाधिकारीहरुले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

साउदी अरेबियामा भएको प्रतियोगिताको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ ले निराश भएको थियो । खेल पेनाल्टीमा पुग्नुअघि दुवै टिमले निर्धारित समयमा २–२ को बराबरी खेलेका थिए ।

नेपाली महिला टिमले वाफसमेत गरी हालसम्म ११ पटक फाइनल खेले पनि हालसम्म कुनै पनि प्रतियोगिताको उपाधि जित्न भने सकेको छैन ।

नेपालले यसअघि पाँचपटक साफ महिला च्याम्पियनसिप, तीनपटक साग गेम्सअन्तर्गतको महिला फुटबल, एकपटक हिरो कप र एकपटक नादेज्दा कपको फाइनल खेले पनि सबैमा हार बेहोरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  २२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro