site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मुलुक समृद्धिको सुत्र पर्यटन हो : अध्यक्ष ढकाल
फाइल तस्बिर ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक समृद्धिको सुत्र पर्यटन भएको बताएका छन् ।

शुक्रबार चिवनमा भएको भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले मुलुक समृद्धिको सुत्र पर्यटन भएकाले सरकारले पनि त्यहीअनुसार नीति कार्यक्रम र बजेट ल्याउनु पर्नेमा जोड दिए । उनले नेपालमा पर्यटनको सम्भावना अथाह भए पनि तिनीहरूको प्रचारप्रसार गर्न नसकिएको उल्लेख गरे । 

अध्यक्ष ढकालले ठूला कार्यक्रममा र प्रचारप्रसारबिना नै नेपालमा आएका भन्ने वास्तविकतालाई बुझेर सरकारले नीति नियमहरू बनाउनु जरुरी रहेको बताए । उनले पर्यटकहरूको लागि आवश्यक पर्यटक पूर्वाधार बनाउन सकिए मात्रै पर्यटन आगमनको अहिलको अवस्थामा गुणात्मक रूपमा परिवर्तन ल्याउन सकिने बताए ।

उनले सरकारले अर्बौं लगाएर बनाएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकेको भन्दै सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए । सरकारले पर्यटन सुधारको लागि हिल स्टेसनको विकास गर्नुपर्ने जरुरी रहेको बताए । अर्थतन्त्रमा मन्दी आएको भन्दै समाधान गर्नको लागि सरकारले सक्रिय रूपमा पहल गर्न आवश्यक रहेको धारणा राखे । 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro