site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हामीले हिँडेको बाटोलाई सिंहावलोकन गरौँ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भरतपुर महानरपालिकाकी मेयर रेनु दाहाल नेपालकी छोरी भएको बताएका छन् ।

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रममा उनले उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मात्रै छोरी नभएको बताए । “तपाईं साँच्ची नै कमरेड पुष्पकमल दाहाल प्रचण्डकी छोरी मात्रै होइन् । नेपालको छोरी हो । तपाईंले जुन ढंगले प्रयत्न गर्दै हुनुहुन्छ । राम्रो प्रयत्न हो । तपाईको नेतृत्वमा भरतपुरले निरन्तर विकास हुन सकोस्,” खनालले भने । 

खनालले प्राकृतिक साधन स्रोतले सम्पन्न देश भए पनि गरिब नागरिक बनाइएको बताए । उनले कृषि, उद्योग सिर्जन गर्न नसक्दा देशलाई अग्रगतिमा लैजान गाह्रो हुने बताए । उनले अहिले समृद्ध देश बनाउनलाई एकपटक छाती छामेर हिँडेको बताए । 

“हामीले हिँडेको बाटोलाई सिंहावलोकन गरौँ । छाती छामेर हेरौँ । सुधार गरौँ । कोर्ष चेन्ज गरौँ । देश समृद्धितिर लान सकिन्छ,” खनालले भने । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro