काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले १६औँ ओभरमा लगातार दुई विकेट लिएका छन् ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याइरहेको नामिबियाका जेजे स्मिथलाई दीपेन्द्रले १५.१ ओभरमा अनिल साहबाट क्याच गराए ।
सोही ओभरको दोस्रो बलमा पनि जान निकोल लोफ्टी–इटोनलाई दीपेन्द्रले सन्दीप जोराबाट क्याच गराउँदै पभेलियनको दिशा देखाए । स्मिथतले २६ बलमा ५० रन बनाउँदा इटोन ‘गोल्डेन डक’ भए ।
जारी खेलको १६ ओभर समाप्त हुँदा नामिबियाले पाँच विकेट गुमाएर १३५ रन बनाएको छ ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनाएको थियो ।