site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालीलाई रुसी सेनामा भर्ना हुन सघाउनेलाई कारबाही गर्दै सरकार 
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना हुन सघाउने व्यक्ति वा एजेन्सीलाई कारबाहीको दायरामा ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् । उपप्रधानमन्त्री खड्काले शुक्रबार राष्ट्रियसभा बैठकको शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले यस्तो बताएका हुन् ।

“द्वन्द्वग्रस्त मुलुकको सेनामा गएर भर्ना हुने कार्यलाई निरुत्साहित गर्ने तथा यस कार्यमा सघाउने व्यक्ति, एजेन्सीलाई कानुनी कारबाहीको दायरामा ल्याउने कुरामा सरकार क्रियाशील रहेको कुरा म जानकारी गराउन चाहन्छु,” उनले भने ।

Dabur Nepal
NIC Asia

नेपाली नागरिक द्वन्द्वग्रस्त मुलुकमा रोजगारीमा जाने, द्वन्द्वग्रस्त मुलुकको सेनामा गएर भर्ना हुने कार्यलाई सरकारले निरुत्साहित गर्ने पनि बताए । उपप्रधानमन्त्री खड्काले स्वदेश तथा विदेशमा रोजगारीको छनोट गरी जाने अधिकार नेपालको संविधानले प्रत्येक नागरिकलाई दिए पनि उनीहरूको सुरक्षा गर्ने दायित्व पनि सरकारकै भएको स्पष्ट पारे । 

उनले प्रत्येक नागरिकको सुरक्षा राज्यको कर्तव्य भएकाले सुरक्षाको दृष्टिले जोखिम रहेका पेसा वा व्यवसाय गर्न वा त्यस्ता क्षेत्रमा जाने कुरालाई निरुत्साहित गर्न सरकार सचेत रहेको बताए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro