site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नामिबियाविरुद्ध नेपालले एकै ओभरमा गुमायो दुई विकेट 
फाइल तस्बिर ।

काठमाडौं । त्रिदेशीय शृंखलाको आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले १९औँ ओभरमा छैटौँ र सातौँ विकेट गुमाएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले दीपेन्द्रसिंह ऐरीलाई छैटौँ र करण केसीलाई सातौँ विकेटको रूपमा गुमाएको हो । 

जारी खेलको १९ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर १७५ रन बनाएको छ । त्यसअघि नेपालले ओपनर आसिफ सेखलाई एक रन र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत १० रनमा गुमाएको थियो । 

यस्तै, अनिल साहलाई २३ र गुल्सन झालाई २६ रनमा गुमाएको थियो । आरिफ सेख ३१ रन बनाएर पभेलियन फर्किए । शृंखलामा यसअघि दुई खेल खेले पनि नेपाल हालसम्म जितविहीन छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro