site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अख्तियारको छानबिनमा एमडीएमएस : ब्लक गरिएका ८०३ आइफोन खुलाउने बाटो छैन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) यतिबेला विवादित छ । एमडीएमएस प्रणाली खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

हाल अन्यौलको अवस्थामा रहेको एमडीएमएस प्रणालीमार्फत प्राधिकरणले गत कात्तिकमा ८०३ आइफोन ब्लक गरेको थियो । प्रणालीमा दर्ता नभएको भन्दै प्राधिकरणले कात्तिक २० गते रातिदेखि ती फोनमा दूरसञ्चार सेवा बन्द गरेको थियो ।

त्यतिबेला एमडीएमएसमा दर्ता नभएका फोनहरू क्रमशः महँगोदेखि सस्तो फोन बन्द गर्ने प्राधिकरणको तयारी थियो । त्यससँगै ती फोनमा सीम कार्ड हालेर चल्ने सेवा बन्द भएका थिए ।

अहिले एमडीएमएस विवादित भएर यथास्थितिमा रहेका बेला ती फोनका उपभोक्ताले भने फोन खुलाउन नपाएर सास्ती पाएका छन् ।

ब्लक गरिएका फोन खुलाउने बाटो छैन
प्राधिकरणले दूरसञ्चार सेवा बन्द गरिएका वा ब्लक गरिएको फोन अनब्लक गर्ने वा खुला गर्ने व्यवस्था नभएको बताएको छ । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले ब्लक गरिएका फोन खुलाउने बाटो नभएको बताए ।

“एमडीएमएसबाट ब्लक गरिएका फोन खुलाउने बाटो छैन । भन्सार शुल्क वा कर तिरेर खुलाउने बाटो पनि अहिले छैन,” प्राधिकरणका निर्देशक समेत रहेका पौडेलले भने ।

०७६ सालमा हालको विनिमयअनुसार करिब ९० करोड रुपैयाँ (७० लाख ६६ हजार अमेरिकी डलर)मा एमडीएमएस प्रणाली खरिदका लागि ठेक्का भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro