site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मानेभञ्ज्याङलाई हराउँदै साविक विजेता मछिन्द्र फाइनलमा 

काठमाडौं । भारतको मानेभञ्ज्याङ फुटबल क्लबविरुद्ध ५–० को सहज जित निकाल्दै नेपालको मछिन्द्र फुटबल क्लब केपी ओली कप–२०८० को फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रलाई जित दिलाउन टिमका पाँच फरक खेलाडीले गोल गरे । मछिन्द्रका विमल घर्र्तीमगर, स्टेफन बिनोङ, हिसुब थपलिया, देवेन्द्र तामाङ र आयुश घलानले गोल गरे ।

खेलको २६औँ मिनेटमा विमलको गोलमा मछिन्द्रले अग्रता बनाएको थियो । त्यसको दुई मिनेटपछि नै स्टेफन बिनोङले मछिन्द्रको अग्रता दोब्बर पारे । ३५औँ मिनेटमा हिसुबले गोल गरेपछि पहिलो हाफमा मछिन्द्रले ३–० को सहज जित निकालेको थियो । 

५३औँ मिनेटमा देवेन्द्र तामाङको गोलमा मछिन्द्रले अग्रतालाई ४–० मा पुर्‍यायो । यस्तै, इन्जुरी समयमा आयुशले गोल गरेपछि साविक विजेता समेत रहेको मछिन्द्रले ५–० को सहज जितसहित लगातार दोस्रो पटक प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । यसअघि मछिन्द्रले गत वर्ष सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो ।

मछिन्द्रले अब उपाधिका निम्ति न्युरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ । एनआरटीले आजै भएको पहिलो सेमिफाइनलमा जावलाखेल युथ क्लबविरुद्ध ३–० को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro