site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभामा खिमलालको अनुभव : समयमै सभा सञ्चालन हुनु सबैभन्दा राम्रो पक्ष
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले राष्ट्रियसभाको सबैभन्दा राम्रो पक्ष समयमा नै सभा सञ्चालन हुनु रहेको बताएका छन् ।

बिहीबारको सभाको बैठकमा बोल्दै उनले शून्य समयको प्रभावकारिता बढी रहेको भन्दै समय बढाउनुपर्ने बताए । शून्य समयमा एक मिनेटको समय निर्धारण गरिन्छ तर, यसको प्रभावकारिता धेरै नै हुने बताए । उनले बैठकमा रहँदा सांसदहरूले प्रधानमन्त्री, मन्त्रीहरूसँग सवाल जवाफ गर्न नपाए पनि आगामी दिनमा यसले स्थान पाउने अपेक्षा रहेको बताए ।

Dabur Nepal
NIC Asia

उनले भने, "शून्य समय एकदमै थोरै हुन्छ तर यसको प्रभावकारिता धेरै नै छ । यसको समय अलिकति बढाउनुपर्छ की भन्ने लाग्छ । मन्त्रीहरूसँग सवाल जवाफ गर्न हामीले सकेनौँ । प्रधानमन्त्रीसँग पनि गर्न सकेनौँ । आगामी दिनमा सुरु होला । यसमा ध्यान दिन जरुरी छ । सभाको सम्झनलायक अनुभव भनेको समयमा नै सभाको बैठक हो ।"

उनले विशेष समयलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro