site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समितिले दिएका निर्देशन कार्यान्वयन नगरेको बारे प्रधानमन्त्रीलाई बोलाएर सोधौँ : सांसद श्रेष्ठ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले समितिले दिएका निर्देशनलाई सरकारले कार्यान्वयन नगरेको बारे असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा उनले आफ्नो असन्तुष्टि व्यक्त गरे ।

समितिले दिएका निर्देशन कार्यान्वयन नगरेको बारे प्रधानमन्त्रीलाई समितिमा बोलाएर ध्यानाकर्षण गराउनुपर्ने उनले माग गरे । उनले समितिले गरेका निर्णय र दिएका निर्देशनबारे सरकार गम्भीर बन्नुपर्ने बताए । निर्देशन कार्यान्वयन नगरिए समितिको औचित्य नरहने उनले उल्लेख गरे ।

“...समितिले निर्देशन दिएका कुरा कार्यान्वयन भएको रहेनछ । प्रधानमन्त्रीज्यूलाई नै उपस्थित गराएर समितिले गरेका निर्णयहरू, हामीले दिएका निर्देशन किन मानेन सरकारले भन्ने कुरा गम्भीर छ,” उनले भने, “सरकारको प्रमुख प्रधानमन्त्री हुनुहुन्छ, यसलाई गम्भीर रूपमा लिनुपर्छ । हामीले निरीक्षण किन गरेको, छलफल किन गरेको, किन निर्देशन दिएको ? यदि, कार्यान्वयन नहुने हो भने । हामीले सरकार प्रमुखसँगै सल्लाह गर्नुपर्छ ।”

उनले छडजन्य सामग्रीको गुणस्तर मापनमा बढी जोड दिन आवश्यक रहेको बताए । –न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro