site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद पराजुलीको प्रश्न– गुणस्तरहीन छडको जिम्मेवारी कसले लिन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सर्वसाधारण नागरिकले बनाएका संरचनाको सुनिश्चितताबारे ध्यान दिन आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा उनले गुणस्तरहीन छडका विषयमा यस्तो बताएका हुन् ।

निर्माण कार्यमा प्रयोग हुने गुणस्तरहीन छडका कारण सर्वसाधारण नागरिकले बनाएका संरचना जोखिमयुक्त रहेको भन्दै उनले सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । सर्वसाधारण नागरिकले बनाएका संरचनामा छडजन्य सामग्रीको गुणस्तर मापन नहुने भएकाले सरकारले विशेष जोड दिएर अघि बढ्न आवश्यक रहेको उनले औँल्याए ।

“निर्माण प्रक्रियामा जब ठूलाठूला प्रोजेक्टहरूले त गुणस्तर मापन गर्दछन् । तर, सर्वसाधारण नागरिकहरूले बनाएका संरचनाहरूको ग्यारेन्टीको जिम्मेवारी कसले लिने ? यदि छडहरू गुणस्तरहीन छन् र बनेको संरचनाहरू साँच्चै जोखिमयुक्त छन् भने त्यसको जिम्मेवारी कसले लिने ? यो पाटोबाट पनि ध्यानाकर्षण गराउँछु,” उनले भने ।

उनले सबै उद्योग समान रूपमा सञ्चालनका निम्ति पहल गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । नेपालभित्रै सम्भावना भएको खानीलाई सञ्चालन गर्न कस्तो खालको उद्योग स्थापना आवश्यक हुन्छ भन्ने बारेमा छलफल हुन जरुरी रहेको उनको भनाइ छ ।

उनले नेपालमा रोजगारी बढी दिन सक्ने उद्योगको सञ्चालन आवश्यक रहेको बताए । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro