site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ यू–१६ महिला च्याम्पियनसिप : तयारी पूरा, दुई करोड खर्च हुने
एन्फा प्रवक्ता सुरेश शाह ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन १८ गतेदेखि सुरु हुने साफ यू–१६ महिला च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले एक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डरअनुसार फागुन १८ देखि २७ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । 

प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय यू–१६ महिला टोली प्रशिक्षक चक्र तामाङको प्रशिक्षणमा छन् भने प्रतियोगितामा सहभागी हुन भारत, भुटान र बंगलादेशको टिम नेपाल आइसकेका छन् । 

Dabur Nepal
NIC Asia

प्रतियोगिताको टिकट दर साधारण पाराफिटतर्फ १०० र भीआईपी प्याराफिटतर्फ ३०० रुपैयाँ कायम गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । प्रतियागिताको अनुमानित बजेट दुई करोड १२ लाख २० हजार ९०० रुपैयाँ रहेको उनले बताए । बजेट एक्षिण एसियाली फुटबल महासंघबाटै प्राप्त भएको उनले जानकारी दिए । 

नेपालले आफ्नो पहिलो खेल फागुन १९ गते बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल फागुन २१ गते भुटानसँग खेल्नेछ । लिग चरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro