site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हुबहु समाचार सार्ने १८३ अनलाइन प्रेस काउन्सिलको कारबाहीमा

काठमाडौं । पछिल्लो डेढ वर्षमा हुबहु समाचार सार्ने १८३ अनलाइनलाई प्रेस काउन्सिलले कारबाही गरेको छ । काउन्सिलले आज एक विज्ञप्तिमार्फत गत आर्थिक वर्षयता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने, अनुमति नलिने १८३ अनलाइन सञ्चारमाध्यमलाई कारबाही गरेको जनाएको हो ।

कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको छ भने ११ वटालाई सचेत गराइएको छ ।

Dabur Nepal
NIC Asia

"मिडियाका रूपमा दर्ता सूचीकरण नभएका २९ वेब पोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ," काउन्सिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बुधबार प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठक बसेको थियो । बैठकले हुबहु समाचार सार्ने प्रवृत्तिलाई निरुत्साहित गर्न थप कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बैठकमा ८९ वटा मिडियालाई सचेत गराउने निर्णय भएको छ ।

Chori-Sama-1709123616.webp
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro