site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गजुरीबाट ६२० किलो गाँजा बरामद

मलेखु । धादिङको गजुरी गाउँपालिका–२, बिहानी पेट्रोलपम्प नजिकबाट प्रहरीले ६२० किलो गाँजा बरामद गरेको छ । काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८३०९ नम्बरको ट्रकमा राखिएको ६२० किलो गाँजासहित धादिङ प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले ट्रक चालक सर्लाहीका २९ वर्षीय सन्तोषकुमार साहलाई नियन्त्रणमा लिएको हो ।

Dabur Nepal
NIC Asia

मंगलबार जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीको कमान्डमा खटिएको टोलीले गाँजा बरामद गरेको हो । 

पृथ्वी राजमार्गबाट ठूलो परिमाणमा गाँजा लिएर एउटा ट्रक सर्लाहीतर्फ जाँदै गरेको विशेष सूचनाका आधारमा नियन्त्रण गर्न सफल भएको प्रहरी उपरीक्षक केसीले बताए । गाँजासहित पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  २२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro