site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । ३३/११ केभी क्षमताका नौ वितरण सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । यसबाट सबस्टेसन निर्माण क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनुका साथै चुहावट पनि घटेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् उपलब्ध गराउन देशभरि नै वितरणतर्फका लाइन र सबस्टेसन निर्माण अभियानका रूपमा सञ्चालन गरिएको बताए ।

“विद्युत् नपुगेका ठाउँमा विद्युतीकरण गर्न र पुगेका ठाउँको आपूर्तिलाई सुधार गर्न वितरण प्रणालीको विस्तार र सुदृढीकरण व्यापक रूपमा गरिरहेका छौँ,” कार्यकारी निर्देशक घिसिङले भने, “संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरू तथा औद्योगिक क्षेत्रको  विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय र भविष्यमा बढ्ने मागलाई सन् २०५० को समयमीमा निर्धारण गरी उच्चस्तरको भरपर्दो र विश्वसनीय विद्युतीय भार बोक्न सक्ने प्रसारण र वितरणतर्फका लाइन र सबस्टेसनहरू चरणबद्ध रूपमा निर्माण अगाडि बढाइसकेका छौँ ।”

यसका निम्ति अहिले सञ्चालनमा रहेकाको स्तरोन्नति, सुदृढीकरण र नयाँ प्रसारणलाइन र सबस्टेसनको निर्माण सुरु गरिएको उनले बताए ।

प्राधिकरणले इलामको पश्चिम क्षेत्र र पाँचथरमा विद्युत् आपूर्तिका निम्ति ३३/११ केभीको चिसापानी सबस्टेसन, मकवानपुरको वाग्मती तथा बकैया गाउँपालिकामा विद्युत् आपूर्ति गर्न क्षतिवन सबस्टेसन, म्याग्दीको मंगला, मालिका तथा धौलागिरि गाउँपालिकामा विद्युत् आपूर्तिका लागि दरबाङ सबस्टेसन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को बुलिङटार गाउँपालिका क्षेत्रमा विद्युत् आपूर्तिका निम्ति बोझपोखरी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा मकवानपुरको मनहरी, सिन्धुलीको दुधौली, दोलखाको नाम्दु, ललितपुरको उनिचौरमा वितरणतर्फको ३३/११ केभी सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

विश्व बैंककै सहुलितपूर्ण ऋणमा रामेछापको बाम्तीमा वितरण सबस्टेसन निर्माण गरिएको छ । उक्त सबस्टेसनहरूसम्म पुग्ने ३३ केभी प्रसारणलाइन र त्यहाँबाट विद्युत् आपूर्तिका निम्ति लाइनहरू पनि निर्माण गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro