खेल
काठमाडौं । त्रिदेशीय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालका गुल्सनकुमार झा पाँचौँ विकेटको रूपमा आउट भएका छन् ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याइरहेको नेपालले ११.५ ओभरमा गुल्सनलाई गुमाएको हो । गुल्सनले नेपाली टिमको स्कोरबोर्डमा १२ रन थपे ।
जारी खेलको १२ ओभर समाप्त हुँदा नेपालले पाँच विकेट गुमाएर ११५ रन बनाएको छ ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रनको योगफल खडा गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८० १४:१६
प्रतिक्रिया दिनुहोस्