खेल
काठमाडौं । त्रिदेशीय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालका कुशल मल्ल चौथो विकेटको रूपमा आउट भएका छन् ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याइरहेको नेपालले ९.५ ओभरमा कुशललाई गुमाएको हो । कुशलले नेपाली टिमको स्कोरबोर्डमा ३२ रन थपे ।
जारी खेलको १० ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर ९२ रन बनाएको छ ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रनको योगफल खडा गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८० १४:०७
प्रतिक्रिया दिनुहोस्