खेल
काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालका अर्का ओपनर आसिफ शेख पनि सस्तैमा पभेलियन फर्किएका छन् ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २०७ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले २.५ ओभरमा आसिफलाई गुमाएको हो । आसिफले टिमको खातामा ६ रन मात्र थपे ।
त्यसअघि, नेपालले इनिङको पहिलो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएको थियो ।
दोस्रो इनिङको तीन ओभर सकिँदा नेपालले दुई विकेट गुमाएर २४ रन बनाएको छ ।
त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनाएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८० १३:३५
प्रतिक्रिया दिनुहोस्