site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रियालको जितमा मोड्रिच निर्णायक, शीर्ष स्थानमा आठ अंकको अग्रता
Sarbottam CementSarbottam Cement

काठमाडौं । लुका मोड्रिचको निर्णायक गोलप्रेरित रियाल मड्रिडले स्पेनिस ला लिगामा सेभियाविरुद्ध १–० को साँघुरो जित निकालेको छ ।

इंग्ल्यान्डका स्टार जुुड बेलिङ्घम लगातार तेस्रो खेलमा अनुपस्थित हुँदा सेभियाविरुद्ध रियाल गोलरहित बराबरीतर्फ उन्मुख देखिन्थ्यो । तर, ‘सब्सिच्युट’ खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका ३८ वर्षीय क्रोएसियन मिडफिल्डरले निर्धारित समय सकिन नौ मिनेट बाँकी रहँदा गोल गर्दै रियाललाई अग्रतामा राखेका थिए । यही गोल निर्णायक बनेपछि रियालले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

लिग लिडर रियालले २६ खेल खेल्दा ६५ अंक जोडेको छ । रियाललाई पछ्याइरहेको चिरप्रतिद्वन्द्वी बार्सिलोनाले समान खेलबाट ५७ अंक जोडेको छ ।

तालिकाको रेलिगेसन क्षेत्रभन्दा ६ अंकले माथि रहेको सेभियाको २६ खेलबाट २४ अंक छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement