site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
डेपुटी गभर्नर मिश्र भन्छन्– एउटा सूचक हेरेर संस्था सकिएको भन्न मिल्दैन

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको कुनै एक सूचक सामान्य कमजोर हुँदा बैंक सकिने कुरा गर्न नमिल्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नबिल बैंकसँगको सहकार्यमा बनेपास्थित आगन्तुक रिसोर्टमा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले कुनै पनि बैंकको एउटा कमजोर सूचक औँल्याएर संस्था नै सकिएको भन्न नमिल्ने बताएका हुन् ।

“बैंक तथा वित्तीय संस्था विश्वासको आधारमा चल्छन् । त्यसैले यो क्षेत्रलाई सवेदशील मानिन्छ,” उनले भने, “बैंकहरूले निक्षेपकर्ताको करिब ६२ खर्बको निक्षेप बोकेर बसेका छन् । यति धेरै दायित्व रहेका संस्थाको एक सूचकको गिरावटलाई हेरर त्यो सकियो भन्न हुँदैन ।”

कसैले पनि एक सूचक देखाएर संस्था सकियो भन्दा त्यसको असर धेरै ठाउँमा देखिने बताए । सवेदनशील क्षेत्रको बारेमा कुनै समाचार प्रवाह गर्दा निक्षेपकर्ताको विश्वासलाई ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय कुनै बैंकको एक एउटा सूचकलाई हेरेर संस्था नै डुब्न लागेको भन्ने सूचना सम्प्रेषण हुँदा त्यसको खण्डन गर्न केन्द्रीय बैंकले विज्ञप्ति नै जारी गर्नुपरेको उनले बताए ।

अहिले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज अवस्थामा रहेको मिश्रले बताए ।

Global Ime bank

“अहिले बैंकहरू तरलताको सहज अवस्थामा छन् । तरलतालाई हेर्दा बैंकहरू सहज अवस्थामा हुँदा बैंकहरूको एउटा सूचकमा केही समस्या हुँदैमा त्यसलाई मात्रै हेरेर त्यो सकियो भन्न मिल्दैन,” उनले भने, “त्यसैले यस्तो संवेदनशील क्षेत्रको बारेमा सूचना सम्प्रेषण गर्दा ध्यान दिनुपर्छ ।”

बढ्दो रेमिट्यान्स र आयात घट्दा अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको सुधारसँगै विदेशी विनिमय सञ्चिति बढेको हुँदा आत्तिनुपर्ने अवस्था नरहेको मिश्रले बताए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकिङ क्षेत्रमा देखिएको समस्या क्षणिक रहेको बताए ।

उनले परिस्थितिका कारण बैंकिङ क्षेत्रमा केही असर पर्दा खराब कर्जा बढ्ने र नाफा खुम्चिने अवस्था बनेको बताए ।

अवस्था सधैँ एकनासको नरहने र अर्थतन्त्रमा देखिएका समस्यामा सुधार हुँदै जादा बैंकिङ क्षेध पनि राम्रो बन्ने ढुंगानाले बताए ।

“अर्थतन्त्रमा देखिएको समस्याको बारेमा नेपाल सरकार र अर्थमन्त्रालय जानकार छन्,” उनले भने, “आगामी समयमा अर्थतन्त्रमा देखिएका समस्याको सम्बोधन गर्ने, निर्माण व्यवसायको पेमेन्ट समयममा निकासा गरिदिने र आगामी मौद्रिक नीतिमा केही सहुलियतपूर्ण प्रावधानको व्यवस्थाले अर्थतन्त्र उकासिने विश्वास छ ।”

अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव बैंकिङ क्षेत्रमा देखिँदा आगामी समयमा बैंकहरूले ७/८ प्रतिशत बढी लाभांश दिन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

रिटर्न अन इक्विटी घट्दै जाँदा वास्तविक लगानीकर्ताले पाउने रिटर्न कम हुँदै गएको ढुंगानाले बताए ।

साथै, पछिल्लो समय कर्जा रिकभरीमा समस्याले बैंकहरूको एनपीएल बढेको उनले बताए । तर, कुनै समयमा यस्तो एनपीएल नेगेटिभ हुने गरेको उनको भनाइ छ । आगामी ६ महिनामा एनपीएल ह्वात्तै घट्ने अवस्था नदेखिएको उनले बताए ।

“अहिले ऋणीले ऋण तिर्न सक्ने अवस्था कम छ । कसैले कर्जा तिरे पनि नेपाल राष्ट्र बैंकको निर्देशनका कारण त्यसलाई पुनः वर्गीकरण गरी असल कर्जामा राख्न ६ महिना कुर्नुपर्छ,” उनले भने, “केन्द्रीय बैंकको व्यवस्थाले यो वर्षको अन्तमा यो फिगर ठूलो देखिएर एनपीएल कम हुने अवस्था छैन ।”            

परिस्थिति आउने र जाने हुँदा अहिलेको समस्या चाँडै समाधान हुने अपेक्षा गरेको ढुंगानाको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  २०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu