site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सामसङका अन्य मोडलमा पनि ‘ग्यालेक्सी एआई’

काठमाडौं । मोबाइल एआईको विश्वव्यापी विस्तारलाई गति दिन सामसङले ग्यालेक्सी एआईको अनुभव आफ्ना अघिल्ला फोन मोडलहरूमा उपलब्ध गराउने भएको छ ।

सामसङ नेपालले मोबाइल एआईको थप विस्तारका लागि निर्माण गरिएको नयाँ वान यूआई ६.१ को माध्यमबाट अब ग्यालेक्सी एस २३ सिरिज, एस२३ एफई, जेड फोल्ड ५ र जेड फ्लिप ५  सिरिजहरूमा पनि मार्चको अन्त्यदेखि ग्यालेक्सी एआई उपलब्ध हुने जानकारी दिएको छ ।

ग्यालेक्सी एस २४ सिरिजसँग आबद्ध यो अद्यावधिकले अन­–डिभाइस र क्लाउडमा आधारित एआईलाई संयोजन गर्दै हाइब्रिड विधिमार्फत प्रयोगकर्ताहरूको मोबाइल एआई अनुभवको स्तरलाई उकास्ने कम्पनीले जानकारी दिएको छ ।

“ग्यालेक्सी एआईसँग हाम्रो लक्ष्य मोबाइल एआईको नयाँ युगको जननी बन्ने मात्र नभई मोबाइल एआई अझ बढी पहुँचयोग्य बनाएर प्रयोगकर्तालाई सशक्त बनाउनु पनि हो,” सामसङ इलेक्ट्रोनिक्स, मोबाइल एक्स्पेरियन्स बिजनेस प्रमुख तथा अध्यक्ष टीएम र्‍होले भन्ने, “यो ग्यालेक्सी एआईको सुरुवात मात्र हो, हाम्रो योजना त सन् २०२४ भित्र दश करोडभन्दा बढी ग्यालेक्सी प्रयोगकर्ताहरूलाई यसको अनुभव दिलाउने तथा मोबाइल एआईको असीमित सम्भावनाहरूको उपयोगका लागि नवीन उपायहरूको खोजी जारी राख्ने रहेको छ ।”

एआई सञ्चालित मोडलहरूमा उपलब्ध सेवा ग्यालेक्सी एआई विशेषताहरूको लाभ अझै धेरै ग्यालेक्सी प्रयोगकर्ताहरूले लिन सक्ने छन् । यी विशेषतामा मेसेज टोन मिलाउने र च्याट एसिस्टको सहायताले १३ भिन्न भाषामा मेसेजहरू ट्रान्सलेट गर्ने सुविधा समेत संलग्न छन् ।

ग्यालेक्सी प्रयोगकर्ताले लाइभ ट्रान्सलेटमार्फत रियल टाइमा नै भाषा ट्रान्सलेट गर्न सक्ने छन्, जसले फोन कलहरूका लागि आवाज र टेक्स्ट अनुवादहरू उपलब्ध गराउने छ । इन्टरप्रिटरको साथमा प्रयोगकर्ताहरू आफ्नो यात्राको दौरानमा स्थानीयहरूसँग तत्काल कुराकानी गर्न सक्षम हुने छन् । किनकि स्प्लिट स्क्रिन विशेषताले प्रत्यक्ष कुराकानीका लागि टेक्स्टहरू अनुवाद गरेर देखाउने छ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro