site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षण अस्पतालका चिकित्सकको टोलीले दोस्रोपटक गर्‍यो कलेजोको सफल प्रत्यारोपण 
Argakhachi Cement Island Ad

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका चिकित्सकको टोलीले दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ । डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले गएको माघ २६ गते सो प्रत्यारोपण गरेको हो ।

चितवनका ३३ वर्षीय पुरुषलाई उनकी २८ वर्षीया श्रीमतीले कलेजो दान गरेकी थिइन् । स्वास्थ्य अवस्था सामान्य भएपछि ती पुरुष आइतबार ‘डिस्चार्ज’ भएका छन् ।

योसँगै एक महिनाको अन्तरालमा उक्त अस्पतालका चिकित्सकले दुई कलेजो प्रत्यारोपण गरेका छन् । गएको पुस २७ गते नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको थियो । उनलाई ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्