site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनकोसी–मरिण डाइभर्सनका निम्ति बजेट विनियोजन बजेट कडा कदम चालिनेछ : सांसद श्रेष्ठ
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद लीलानाथ श्रेष्ठले आउँदो आर्थिक वर्षमा सुनकोसी–मरिण डाइभर्सन आयोजनाका निम्ति बजेट विनियोजन नगरिए सरकारविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् । उक्त आयोजनाका निम्ति आवश्यक बजेटको व्यवस्था नगरे मधेस प्रदेशलाई प्रतिनिधित्व गर्ने सांसदहरू सरकारविरुद्ध कडा रूपमा प्रस्तुत हुने उनले बताएका हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न आउँदो आर्थिक वर्षदेखि सञ्चालन हुने गरी वीरगन्ज कृषि औजार कारखाना, चिनी उद्योग, जनकपुर चुरोट कारखानाका निम्ति पनि बजेटको व्यवस्था गर्न सरकारसँग माग गरे ।

सांसद श्रेष्ठले चुरे संरक्षणमा हेलचेक्र्याइँ नगर्न सरकारलाई सचेत गराए । एमाले नेतृत्वको सरकारले सञ्चालनमा ल्याएका आयोजनाको बजेट कटौती गर्ने कार्य गरिएको भन्दै उनले आक्रोश समेत व्यक्त गरे । न्युज एजेन्सी नेपाल
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro