site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रेष्टुरेन्टको शौचालयमा युवतीको भिडियो खिच्ने डीएसपी नौ दिनदेखि थुनामा 

काठमाडौं । सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसी नौ दिनदेखि स्वयम्भू प्रहरी वृत्तको थुनामा छन् । ४ नम्बर बाहिनी पोखरामा कार्यरत केसीलाई प्रहरीले ५ फागुनमा पक्राउ गरेको हो ।

डीएसपी केसीमाथि स्वयभूस्थित न्यु इभन पोइन्ट रेष्टुरेन्ट खाजा खान पुगेकी एक युवतीको गोप्य भिडियो खिचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । युवतीले उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीमाथि वैयक्तिक गोपनीयता सम्बन्धि ऐनअनुसार अनुसन्धान गरेको थियो ।  वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार अनुमतिबिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन ।

Dabur Nepal
NIC Asia

के भएको थियो घटना ?

डीएसपी केसीसहित चारजना सशस्त्र प्रहरीका निरीक्षक (इन्स्पेक्टर) साँझ ६ बजेर ३७ मिनेटमा रेष्टुरेन्ट पुगेका थिए । रेष्टुरेन्टको एक टेबलमा बसेका चारजनाले नै मदिरा पिए । उनीहरु बसेकै टेबलको अघिल्तिरको टेबलमा केही सयमपछि एक युवती र उनका पुरुष साथी आए । 

उनीहरुले भने मदिरा पिएनन् । अन्य खाजा खाए । तर, उनीहरु पनि लामो समय रेष्टुरेन्टमै बसे । तीन घण्टा रेष्टुरेन्टमा बिताएका डीएसपी केसी ९ बजेर २० मिनेटमा रेष्टुरेन्टको शौचालय छिरे । केसी गएको केही समयपछि ती युवती पनि शौचालय पुगिन् ।

महिला र पुरुषका लागि छुट्टाछुट्टै बनाएको शौचालयभित्र उनीहरु छिरेका थिए ।  पार्टेसन गरेर निर्माण गरिएको शौचालयको माथिल्लो भागपट्टि भने खुला नै थियो । महिलाले शौच गर्दा भने खुला रहेको माथिको भागबाट एकाएक मोबाइलको ‘लाइट’ बल्यो । 

महिलालाई शंका लाग्यो पुरुष शौचालय छिरेका कसैले आफ्नो गोप्य भिडियो त बनाएन ?  हतार–हतार शौचालय बाहिर आएर महिला रेष्टुरेन्टको काउन्टर पुगिन् । उनले रेष्टुरेन्ट सञ्चालकसँग सीसी क्यामेरा हेर्न लगाइहालिन् ।

सीसीक्यामेरामा डीएसपी केसी त्यसैबला शौचालयभित्र प्रवेश गरेको देखियो । ती युवतीले सञ्चालकलाई डिएसपी केसीलाई काउन्टरमै बोलाइदिन अनुरोध गरिन् । सोधपुछ गरिदिन आग्रह गरिन् । युवतीले डीएसपी केसीलाई काउन्टरमै बोलाएर सोधपुछ गरे ।

तर, केसी आफूले कसैको फोटो/भिडियो नखिचेको जवाफ दिए ।

जब फोनमा भेटियो युवतीको अस्लील फोटो
डीएसपी केसीले आफूले फोटो नखिचेको बताए पनि युवतीले उनीमाथि शंका गरिरहेकी थिइन् । ती युवतीसँगै आएका पुरुषले केसीको फोन चेक गर्ने प्रसाय गरे । केसीले त्यसमा पनि सहमति जनाए ।उनले खिचेको भिडियो र फोटो रेष्टुरेन्टमा हल्ला हुनसाथ डिलिट गरेसकेका थिए । आईफोन बोकेका केसीले ती युवालाई आइफोनको ‘लक’ खोलर हेर्न दिए ।

फोटो ग्यालरीमा युवतीको फोटो भेटिएन । ती पुरुषले केसीको आईफोनको रिसेन्ट डिलिट अप्सन चेक गरे । त्यहाँ ती पुरुषले युवतीको दुईवटा अस्लील फोटो र एक भिडियो फेला पारे ।

फोटो र भिडियो फेला परेपछि भने युवतीले प्रहरीलाई खबर गरे ।  युवतीकै उजुरी पछि डीएसपी केसी पक्राउ परेका हुन् । शुक्रबार भने स्वयम्भु प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय बुझाएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro