site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हाजिर गरेर हिँडेपुग्ने गरी पर्यटनमन्त्रीले नेपाल एयरलाइन्समा ६२ जना नियुक्ति गरे : सांसद खतिवडा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा ६२ जनालाई नियुक्ति गरेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै खतिवडाले आर्थिक संकटतर्फ गइरहेको निगममा मन्त्रीले आवश्यकता भन्दा पनि आफ्ना मान्छेलाई जागिर लगाउने गरी नियुक्ति गरेको दाबी गरे । 

उनले निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट वाइडबडी र न्यारोबडी जहाज खरिद गर्दा लिएको ऋणको ब्याज समेत समयमा तिर्न नसकेको बताए ।

निगममा दुई वाइडबडी, दुई न्यारोबडी र दुई  ट्विनअटर गरी अहिले ६ वटा जहाज छन् । जसमध्ये एउटा न्यारोबडी लामो समयदेखि उडानमा छैन । “निगममा १२ सय स्थायी र ८०० करारमा कर्मचारी छन् । वर्तमान पर्यटनमन्त्रीले ६२ जना नयाँ कर्मचारीलाई करार र ज्यालादारीमा नियुक्ति गरेका छन्,” उनले भने, “जसको हाजिर गरेर कहाँ जाने ?, कहाँ आउने ?, के गर्ने थाहा  छैन । हाजिर गरेर हिँडेपछि पुग्ने व्यवस्था गरी नियुक्ति गरिएको छ ।”

उनले निगम सुधारलाई बेवास्ता गरेर मन्त्री किराती सस्तो लोकप्रियतामा लागेको आरोप लगाए । व्यंग्य गर्दै उनले भने, “मन्त्रीज्यू एकदमै सुधारमा लाग्नुभएको छ । मन्त्रालयमा एउटा झाडु र क्यामेरा बोकेर छिर्नुहुन्छ, अनि फोटो खिचेर बाहिर ल्याउने प्रवृत्तिको विकासमा लाग्नुभएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro