site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कुशल भुर्तेलको अर्धशतकमा नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

काठमाडौं । ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेदरल्यान्ड्ससामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनायो ।

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङमा संघर्ष गरेको नेपालबाट ओपनर कुशल भुर्तेलले ६६ रन बनाए । क्रिजको एक एन्डबाट लगातार विकेट जाँदा अर्कोमा टिकेका भुर्तेलले धैर्यपूर्ण ब्याटिङ गर्दै ९३ बलमा आठ चौका प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो आठौँ अर्धशतक हो ।

Dabur Nepal
NIC Asia

आसिफ शेखसँग ओपनिङ ब्याटिङमा आएका भुर्तेल सातौँ विकेटका रूपमा आउट भएका थिए । पहिलो विकेटका निम्ति शेखसँग ८.३ ओभरमा ४२ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर, यसपछिका ब्याटर खुलेर खेल्न नसक्दा नेपाली टिम ठूलो योगफलसम्म पुग्न सकेन ।

नेपालको स्कोरबोर्डमा आसिफले २७ बलमा दुई चौका र एक छक्कासहित १७ रन थपे ।

शीर्ष र मध्यक्रम ‘फ्लप’ भए पनि अन्तिममा आरिफ शेख र करण केसीले नवौँ विकेटका निम्ति ३६ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलसम्म पुगेको हो । ५० बल खेलेका आरिफले एक चौकासहित २२ रन बनाए । करणले २७ बलमा एक चौका र दुई छक्कासहित २६ रन थपे । कप्तान रोहितकुमार पौडेलले १६ रन जोडे । अरू ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेदरल्यान्ड्सका भिभियन किंग्मा र आर्यन दत्तले समान तीन विकेट लिए । बास डे लिडेले दुई र रोइलोफ भान डेर मेर्वेले एक विकेट लिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro